विशेषज्ञ परीक्षामा १४९ जना चिकित्सक फेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विशेषज्ञ परीक्षामा १४९ जना चिकित्सक फेल


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेसल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् ।

काउन्सिलले हिजो (शनिबार) लिएको २३ औँ विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् ।

विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।

यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस