विकास निर्माणका काममा एकताबद्ध हुन ऊर्जामन्त्री भुसालको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विकास निर्माणका काममा एकताबद्ध हुन ऊर्जामन्त्री भुसालको आग्रह


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । 

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् ।

मन्त्री भुसालले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

रु ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक व्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस