सुनको मूल्य बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) सुनको मूल्य बढेको जानकारी दिएको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

गत बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो ।

एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको हो । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।

यसका साथै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस