श्रीलङ्काका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

श्रीलङ्काका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन


८ श्रावण २०७९, आइतबार


कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कुल र सार्वजनिक यातायातको लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् ।

वरिष्ठ सरकारी अधिकारीलाई राष्ट्रको राजनीतिक गतिरोध तोड्न आ–आफ्नो स्थानबाट जिम्मेवारीवोध गर्न निर्देशन दिएका हुन् ।

सञ्चालित सबै इन्धन डिपोबाट विद्यार्थी ओसारपसार गर्ने गाडीहरूमा इन्धन उपलब्ध गराउने आदेश दिएका हुन् ।

इन्धन अभावका कारण केही हप्ता बन्द भएपछि विद्यालय पुनः सञ्चालन हुने भएकाले मुलुकमा इन्धन सङ्कट समाधान गर्न बैठकमा निर्देशन दिइएको थियो ।

माझी, किसान र पर्यटन क्षेत्रमा लागेकालाई पनि पर्याप्त मात्रामा इन्धन उपलब्ध गराउनुपर्ने राष्ट्रपतिले बताए ।

विक्रमासिंघेले मुलुकको इन्धन कालोबजारी तत्काल समाधान गर्नुपर्ने बताउँदै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिए ।

श्रीलङ्काले विदेशी मुद्रा अभावका कारण यस वर्षको सुरुदेखि नै इन्धन अभावको सामना गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस