एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी, एनएमबीको एटीएम पनि फोडियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी, एनएमबीको एटीएम पनि फोडियो


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैङ्कको एटिएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको हो ।

नेपाली सेनाको ब्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो ।

शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो। दुवै एटीएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटिएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सिसिटिभी क्यामेरामा स्पष्ट देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस