नागरिकता विधेयक पारित हुनु आपत्तिजनक, राष्ट्रियसभाबाट फिर्ता गरियोस् : पूर्व मुख्यसचिव पौडेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नागरिकता विधेयक पारित हुनु आपत्तिजनक, राष्ट्रियसभाबाट फिर्ता गरियोस् : पूर्व मुख्यसचिव पौडेल


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयमा आपत्ति जनाएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेस गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’

उनले यो विधेयकलाई राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने धारणा राखेका छन्, उनले भनेका छन्, ‘दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् र सडकमा आवाज उठाउँदैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुँदैन। विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् !’

प्रतिनिधिसभाले गत शुक्रबार नागरिकता विधेयक बहुमतले पारित गरेको छ। यसमा एमालेले विरोध जनाएको छ भने माओवादी नेताहरुले संयुक्त सरकारको बाध्यता भएको धारणा राख्दै आएका छन्।  

Tags :
प्रतिक्रिया दिनुहोस