आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का केही भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । उक्त क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभरआंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  । 

वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस