प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । 

कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

कार्यसूची !

Tags :
प्रतिक्रिया दिनुहोस