लामाे सुत्केरी व्यथा लागेपछि सेनाको हेलिकोप्टर मार्फत् उद्धार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लामाे सुत्केरी व्यथा लागेपछि सेनाको हेलिकोप्टर मार्फत् उद्धार


७ श्रावण २०७९, शनिबार


डोटी । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टर मार्फ उद्धार गरिएको छ ।

उनीलाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्करूपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रमा अहेव राजेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार कृष्णाको पेटभित्रको नवजात शिशुसँगै रहेको पानी फोका फुटिसकेको र शिशु जन्माउन नसकेका कारण विकलाई उद्धार गरिएकोे हो ।

उद्धारपछि विकले सो अस्पतालमा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस