२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

अ+ अ-

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ ।

निर्यातको तुलनामा करिब एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ ।

उनले सोही अवधिमा ताजा तरकारी छ करोड ६४ लाख ९५ हजार, सुगनकोकिला, दालचिनीलगायतका जडीबुटी ७० करोड पाँच लाख ३० हजार, मुसुरो दाल ४७ करोड ३२ लाख सात हजार, चिया दुई अर्ब २२ करोड ५६ लाख १५ हजार, अदुवा, अलैँची, वनलसुन चार अर्ब ६६ करोड ३६ लाख दुई हजार, तोरीको पिना, अम्रिसो, चामल ७४ करोड ८३ लाख ८४ हजार गरी जम्मा आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको सामान निर्यात भएको बताए ।

प्रतिक्रिया दिनुहोस