नेपाल सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । पूर्व मन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् ।

शनिबार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् ।

गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् ।

गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले ढिलै भए पनि नागरिकता विधेयक आएको भन्दै अहिले पनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भन्दै गुनासो गरिन् । त्यस्तै उनले आफूहरूकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।

तत्कालीन सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेकोमा गिरीले विरोध जनाएपछि जसपाले सांसद पद र पार्टीमा नरहने गरी कारबाही गरेको थियो । त्यस यता उनी पार्टीविहीन थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस