भारत भ्रमणमा आरजुसँग भएको भेटबारे षड्यन्त्रपूर्वक प्रचार गरियो : प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारत भ्रमणमा आरजुसँग भएको भेटबारे षड्यन्त्रपूर्वक प्रचार गरियो : प्रचण्ड


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आरजु राणासँग आफ्नो भेट भएकोबारे षड्यन्त्रपूर्वक प्रचार गरिएको बताएका छन् ।

जनकपुरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा प्रचण्डले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने सहमति भएको कुरा ‘गिरोहले गरेको आपराधिक हल्ला’ भएको बताए ।

त्यस्तो प्रचारमा कुनै सत्यता नभएको भन्दै दाहालले आग्रह गरे । दाहालले भने, ‘यो सबै हावा कुरा हो । यो एक खालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला ।’

भारत भ्रमणका क्रममा दाहालले आरजुलाई दिल्लीस्थित नेपाली दूतावासमा भेटेका थिए । भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले आयोजना गरेको ब्रेकफास्ट मिटिङमा आारजुसँग भेट भएको दाहालको प्रस्टोक्ति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस