इतिहासमा नयाँ कीर्तिमान कायम गरेको माधव नेपालको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इतिहासमा नयाँ कीर्तिमान कायम गरेको माधव नेपालको दाबी


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पुँजीवादलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवसलाई सम्बोधन गर्दै नेपालले दलाल पुँजीवादलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन नहुने बताएका हुन् ।

पछिल्लो समय नेपाली राजनीतिमा विकृति, विसङ्गति, व्यक्तिवादी प्रवृत्ति देखा परेको पनि उनको भनाइ थियो । नेपालको राजनीतिमा भ्रष्ट प्रवृत्ति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने पनि उनले बताए ।

अध्यक्ष नेपालले पुष्पलालबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताए । आफूले इतिहासका पानाहरू निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेकोसमेत उनको दाबी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस