राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनीत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनीत


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् । 

अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनीत गरेका हुन ।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् । 

राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए ।

आगामी दिनमा आवश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस