ओलीको टिप्पणी : काँग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ङ हुन्छ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीको टिप्पणी : काँग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ङ हुन्छ !


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्तको नाम लिँदा काँग्रेसलाई सिरिङ्ङ हुने बताएका छन् ।

काँग्रेसले राजनीतिक स्वार्थका लागि आफ्नै पार्टीबाट बलिदान गरेका व्यक्तिलाई पनि शहीद नमानेको बताउँदै भीम दत्तको नामै लिन नचाहने बताए ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति  दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘भीमदत्त पन्तलाई काँग्रेसले शहीद मानेन । काँग्रेसले नै टाउको कटाएको हो । काँग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ङ हुन्छ ।’

भीमदत्तमात्र नभई दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि नसम्झिएको बताए । आफ्नै आदरणीय नेताहरू मारिएको बेलामा पनि काँग्रेसले विज्ञप्तिसमेत निकाल्न नसकेको अध्यक्ष ओलीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस