साफ यू-२० फुटबल खेल्न नेपाली टिम भारतको भुवनेश्वरमा  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साफ यू-२० फुटबल खेल्न नेपाली टिम भारतको भुवनेश्वरमा 


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भारतको भुवनेश्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।

एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।

भारतको भुवनेश्वर स्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । 

दोस्रो खेल २७ जुलाईमा श्रीलङ्का र तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बङ्गलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यू-२० टिमको गोलकिपरमा ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेखरहेका छन् । रक्षकमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, मिडफिल्डरमा आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दीप श्रेष्ठ, जन्मजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, मनग्या नकर्मी स्ट्राइकरमा रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस