दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय १८ रनले हराएको छ।

दोस्रो ओडिआई खेलमा जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.४ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटियो। खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो। 

दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ३३ रन बनाए। यस्तै डेविड मिलर १२ र ड्वेन प्रिटोरियस १७ रनमा आउट हुँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

क्विन्टन डि कक ५, जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता खोल्न सकेनन्। 

इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक तीन विकेट लिए। रिस टोप्ली र मोईन अलीले दुई-दुई विकेट हात पारे। साम करन र डेविड विल्लीले १-१ विकेट लिए।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २८.१ ओभरमा अलआउट हुँदै २ सय १ रन बनायो।

इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक ३८ रन बनाए। यस्तै साम करनले ३५ रन जोड्दा जोनी बेयरस्टो २८ तथा डेविड विल्ली २१ रनमा आउट भए।

ओपनर जेसन रोय १४, फिलिप साल्ट १७, जो रुट १, मोईन अली ६, जस बटलर १९ र आदिल राशिद १२ रनमा आउट भए।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले सर्वाधिक ४ विकेट लिए। तबरेज शाम्सी र एनरिच नोर्कियाले दुई दुई विकेट हात पारे। 

यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो। यो जितसँगै घरेलु टोली इंङ्ल्याण्डले खेल बराबरीमा ल्याएको छ।

तेस्रो खेल आइतबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस