चुनाव आउँदैछ भनेर सरकारले वृद्धभत्ता पाउने उमेर घटायाे : ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनाव आउँदैछ भनेर सरकारले वृद्धभत्ता पाउने उमेर घटायाे : ओली


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनाव बाहेक अन्य कुनै कारण नभएको दाबी गरे ।

काँग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि नेता ओलीले दोहोर्‍याएका थिए ।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको बताए ।

उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको कुनै लजिक छरु चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊँ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्‍यौँ । त्यसमा सुविधाका कुरा अगाडि बढायौँ । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेसनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौँ । हामीले निजी क्षेत्रलाई पनि सँगै लिएर हिँड्ने नीति, प्रोत्साहित गर्ने नीति लियौँ तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस