मुटुको शल्यक्रियाका लागि अक्सिजेनेटर उपलब्ध गराउन निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मुटुको शल्यक्रियाका लागि अक्सिजेनेटर उपलब्ध गराउन निर्देशन


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको हो ।

मुटुका बिरामीहरूको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जय पुरी घर्तीले बताइन् ।

बुधबार अत्यावश्यक ‘अक्सिजेनेटर’ बेलैमा प्रबन्ध नगर्दा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र मङ्गलवार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको समाचार प्रकाशित गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकमा एमाले सांसद नवीना लामालगायतका सांसदले सरकारको ध्यानाकर्षण गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस