विदेशी महिला पनि महिला नै हुन् : महत « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विदेशी महिला पनि महिला नै हुन् : महत


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले महिलाहरूलाई नागरिकता प्रदान गर्ने कुरामा सङ्कीर्ण नहुन सबैलाई आग्रह गरेका छन् । विदेशबाट आएका महिलाहरूलाई पनि समान व्यवहार गरिनुपर्ने उनको धारणा थियो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा सहभागी हुँदै सांसद महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘बाहिरबाट आएका महिलाहरू महिला हैनन् र ? उनीहरूलाई पनि केही न केही प्रमाण त दिनुपर्‍यो नि । ग्रीनकार्ड वा भोटर कार्ड जस्तै केही प्रमाण दिनुपर्‍यो नि । उनीहरूलाई किन हेला गर्ने । हाम्रोतिर पहिले माउ र माटीको आधारमा अधिकार दिने चलन थियो । त्यसैले नागरिकता दिने कुरामा सङ्कीर्ण नबनौँ । नागरिकता भन्ने कुरा त पछि आएको हो नि । पहिले त माउ र माटीको आधारमा अधिकार दिने चलन थियो । त्यसैले सङ्कीर्ण नबनौँ ।’

यस्तै उनले नेकपा एमालेका सांसदहरूलाई लक्षित गर्दै एक हातमा विधेयक र अर्को हातमा प्रधानमन्त्रीको कुर्सी बोकेर हिँडेको भन्दै व्यङ्ग्य समेत गरेका थिए ।

नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले बोल्ने क्रम जारी छ । यस क्रममा मिश्रित प्रतिक्रिया आएका छन् ।

मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका सांसदले भने विदेशीसँगको विवाहलाई नै निरुत्साहित गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस