सरकारी कार्यालयका कर्मचारी नमुस्कुराए जरिवाना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी कार्यालयका कर्मचारी नमुस्कुराए जरिवाना


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । फिलिपिन्समा सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने नीति लागू भएको छ ।

कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ ।

फिलिपिन्सका एक सहरका मेयरले मुस्कान नीति लागू गरेका हुन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ ।

सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने गरेको भन्दै गुनासो आएपछि ती मेयरले यस्तो नियम लागू गरेका हुन् ।

यो नीतिले सरकारी कर्मचारीप्रति जनताको सोचमा परिवर्तन आउने र कर्मचारीहरुले पनि सेवाग्राहीप्रति उचित व्यवहार गर्ने अपेक्षा गरिएको छ ।

फिलिपिन्सको लुजन द्वीपस्थित क्युजन प्रान्तमा पर्ने मुलाने सहरका मेयर एरिस्टोटल अगुरीले सहरका सरकारी कार्यालयहरुमा ‘स्माइल पोलिसी’ लागू गरेका हुन् ।

यही महिना मेयरको कार्यभार सम्हालेका अगुरीले स्थानीय सरकारका सेवाहरुमा सुधार गर्ने प्रयासमा मुस्कानको नीति अख्तियार गरेका हुन् ।

नयाँ नियम अनुसार कार्यालयमा नमुस्कुराउने कर्मचारीहरुको तलबबाट रकम कट्टी गरिनेछ । नियम पालना नगर्ने कर्मचारीहरुको अधिकतम ६ महिनाको तलब काटिने वा जागिरबाटै निलम्बन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस