भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेस गर्ने ४ नेपाली  जापान प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेस गर्ने ४ नेपाली  जापान प्रहरीको नियन्त्रणमा


५ श्रावण २०७९, बिहिबार


टोकियो । कामै नगरिरहेको रेस्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेस गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेस गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रणमा लिएको हो ।

समाचारअनुसार भुजेल भिसा नवीकरणसम्बन्धी कागजपत्र तयार गर्ने व्यक्ति र अरु भिसा नवीकरण गर्नेहरु हुन् । 

भुजेलले अघिल्लो वर्ष मात्रै १०० जनाभन्दा बढीको यसरी नै झूटा कागजपत्र पेस गरी भिसा नवीकरणलगायतका काम गरेको समाचारमा उल्लेख गरिएको छ ।

उनले यो कार्य गरेबापत प्रतिव्यक्ति २ लाख लिने गरेको र यस्तै अवैध ढङ्गले २ करोडभन्दा बढी आम्दानी गरेको भन्दै दोहोरो छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

फर्जी कागजपत्र पेस गरेको र कर छली गरेको विषयमा गहिरो छानबिन हुने समाचारमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस