आईएस आक्रमणमा परी छ जना इराकी प्रहरीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आईएस आक्रमणमा परी छ जना इराकी प्रहरीको मृत्यु


४ श्रावण २०७९, बुधबार


बग्दाद । सलाहुद्दिन प्रान्तमा इस्लामिक स्टेट (आईएस) का लडाकुको आक्रमणमा परी छ जना प्रहरी अधिकारीको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरीका अनुसार मङ्गबार राति सलाहुद्दिन प्रान्तको पूर्वी भागमा रहेको प्रहरी शिविरमा आईएस लडाकुले आक्रमण गर्दा उक्त हताहति भएको हो ।

लडाकु र प्रहरीबीच भीषण भिडन्त भएको र थप प्रहरी बल आएपछि चरमपन्थीहरू भागेका थिए । दोहोरो झडपमा कति चरमपन्थी हताहत भए भन्नेबारेमा वास्तविक विवरण प्राप्त भएको छैन ।

सन् २०१७ मा आईएस चरमपन्थी पराजित भएपछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ ।

यद्यपि अतिवादी समूहका अवशेष सहरी क्षेत्र तथा मरुभूमिमा सक्रिय रहेका र तिनले सुरक्षा बल र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस