२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा फर्जी पुर्जा बनाइ जग्गा बिक्री गरेको खुलासा , मालपोतका कर्मचारी सहित केही व्यक्ति पक्राउ

अ+ अ-

काभ्रेपलान्चोक । फर्जी लालपुर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको छ ।

हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालयका कर्मचारीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ ।

हाल पक्राउ पर्नेमा धादिङको जीवनपुर–५ घर भई काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ बस्ने रविप्रसाद रेग्मी, मालपोतका कर्मचारी रामविनय यादव र सतिश भण्डारी छन् ।

यादव र भण्डारीले नक्कली जग्गा बिक्री गर्ने गिरोहसँगको मिलेमतो रहेको प्रहरीले जनाएको छ । नक्सादेखि पुर्जासमेत सबै सक्कलीजस्तै बनाइ देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङको कागजमा कित्ता देखाएर मालपोत कार्यालयले हाल साविक गरिदिएको ७६ कित्ता बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

साथै रेग्मीले प्रारम्भिक बयानका क्रममा सात वटा यस्तै प्रकृतिका जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा यही साउन ८ गते पास गरिसक्ने गरी व्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन् ।

मालपोतको रेकर्डमा उक्त जग्गामध्ये केही कित्ता व्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली भएको प्रहरीले जनाएको छ ।

दश वर्षदेखि बनेपामा बसोबास गर्दै आएका रेग्मीले काभ्रेपलान्चोकको साविक कोलाँती भुम्लु–७ निवासी निर्मला उप्रेतीलाई बनेपा नपा साविक १ नं वडाको आठ आना जग्गा रु ५५ लाखमा बिक्री गरेका थिए ।

उनले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा–१ ठेगाना तथा कित्ता नं १५०४ मा आठ आना जग्गा राखेर उप्रेतीलाई देखाएका थिए ।
उक्त जग्गा गत असार ३० गते मालपोत कार्यालयबाट पास भएको हो । रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिएका थिए ।

सोमबार पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखेपछि जिल्ला प्रहरी कार्यालयमार्फत मालपोतमा जग्गाको कित्ता नं भिडाउँदा जग्गा नै नभएको पुष्टि भएको हो ।

तत्कालै उप्रेतीको उजुरीका आधारमा प्रहरीले रविलगायत मालपोतका कम्प्युटर अधिकृत भण्डारी र रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारी यादवलाई मङ्गलबार पक्राउ गरी गरी अनुसन्धान थालेको छ ।

जग्गा पास गर्न भू–सेवा केन्द्रमार्फत लेखापढी गर्ने सीता थापा र उनका श्रीमान् राजन थापा भने फरार रहेको जनाइएको छ ।

पीडितका अनुसार नक्कली जग्गा बिक्री गर्ने गिरोहका नाइके रेग्मीले बनेपा–५ घोकेचौरस्थित खोला नजिकैको प्लटिङको जग्गा देखाएका थिए ।

घटना विवरणअनुसार रेग्मीले पुर्जा मात्रै नक्कली बनाएनन्, वडा कार्यालयको चार किल्ला सिफारिस, जग्गाको नक्सा नक्कली बनाइ जग्गासमेत नक्कली देखाएका थिए ।

प्रहरीका अनुसार राम्रो स्थानको धेरै जग्गा कम मूल्यमा पाएपछि उप्रेती खरिद गर्न राजी भएको देखिन्छ । हाल साविक नभएको जग्गा पास नहुने भएपछि रेग्मीले बनेपाको जग्गा बिक्री गर्न मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी व्यवसायीसँग मिलेमतो गरेका थिए ।

मालपोत कार्यालयले भने हाल अनलाइनमार्फत जग्गा पास गराउँदै आएको छ । हुँदै नभएको जग्गाको पुर्जा र सिफारिस बनाएर रेग्मीले उप्रेतीलाई गत असार ३० गते रु ५५ लाखमा जग्गा बिक्री गराइ पास गराएको अनुसन्धानबाट खुलेको हो ।

सोही जग्गाको अफलाइन लिखत तयार गर्न लेखापढी व्यवसायी सीता थापा र उनका पति राजन थापा सहभागी भएका हुन् ।

अनलाइन नभएको जग्गाको लिखत लगेर डिजिटल फोटो खिचाउन मालपोतका कम्प्युटर अपरेटर भण्डारीले कार्यालयको सिस्टममा फोटो नलिई बाहिर खिचाइ निर्मलालाई ल्याप्चे लगाउन लगाएका थिए ।

अर्का कर्मचारी यादवले उप्रेती र रेग्मी दुवै पक्षलाई जग्गा किनबेचको लेनदेन सकार्न लगाएका थिए ।

त्यसअघि थापा दम्पतीले नक्कली लिखतअनुसार रजिस्ट्रेसन नम्बर १३०४९ ‘ख’, पारित मिति २०७९ असार ३१ गते, टोकन दर्ता नम्बर १३०४, रजिस्ट्रेसन दस्तुर रु एक लाख ५१ हजार ८७६, पुँजीगत लाभकर रु तीन लाख, रसिद नम्बर १४४४ राखेर पेस गरेका थिए ।

जग्गा पासका सबै प्रक्रिया नक्कली थियो । बैङ्कको भौचर, छाप, मालपोत अधिकृतको दस्तखत पनि नक्कली नै रहेको जनाइएको छ ।

दैनिक पाँच लिखत पनि पास नभएका बेला १३०४ टोकन नं राखिएको पाइएको छ । उक्त लिखतमा राखिएका साक्षीलाई भने केही थाहा नभएको बताइन्छ ।

प्रहरी उपरीक्षक चक्रराज जोशीले सरकारी छाप, दस्तखत किर्ते गरी सर्वसाधारण ठगी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

उनका अनुसार पीडितको जाहेरीका आधारमा नक्कली जग्गा बिक्री गर्ने गिरोहमा संलग्न अन्य तथा बिक्री गरिएका जग्गाबारे खोजी कार्य भइरहेको छ ।