२०५० अङ्कमा पुग्यो नेप्से « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२०५० अङ्कमा पुग्यो नेप्से


४ श्रावण २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २०५० अङ्कमा पुगेको छ । ४.८९ अङ्क बढेर नेप्से सो अङ्कमा पुगेको हो ।

नेप्से गत मंगलबारदेखि बढिरहेको छ । बुधबार कुल १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब २९ करोडको कारोबार भएको थियो ।

बैङ्किङ ०.६, होटल तथा पर्यटन ९, जलविद्युत् १२, जीवन बीमा २८ र व्यापार उपसमूह १२ अङ्क घटे ।

अन्य १७, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स ८, उत्पादन ६३, फाइनान्स ३१ र विकास बैङ्क उपसमूह ५ अङ्क बढे । कुल ८६ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो भने ६ को स्थिर रह्यो ।

मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, गोर्खा फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस