मधेस प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मधेस प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला


४ श्रावण २०७९, बुधबार


जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आज (बुधबार) तालाबन्दी गरेका छन् ।

योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सिँचाइको व्यवस्थालगायतको माग राख्दै तालाबन्दी गरिएको हो ।

पार्टीले जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरिएको जनमतका नेता बिपी साहले जानकारी दिए ।

उनले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने र जोर जबरजस्ती गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनमा जनमतका कार्यकर्ताहरुले प्रदेश र सङ्घ सरकारविरुद्ध नाराबाजी गरेका थिए । किसानको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअगाडि महिनौँसम्म जनमत पार्टीले मधेसका विभिन्न जिल्लामा किसान आन्दोलन गरेको थियो । अहिले फेरि किसान आन्दोलन थाल्ने तयारी जनमत पार्टीले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस