वीरगन्जबाट साढे ४१ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगन्जबाट साढे ४१ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले चेकजाँचका क्रममा २५ वर्षीय भारतीय नागरिक राजेशकुमारलाई नगदसहित पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका राजेशलाई रजत जयन्ती चोक नजिकै नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस