मिस्टर एण्ड मिस थारुको आवेदन खुला, १० स्थानमा अडिसन हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मिस्टर एण्ड मिस थारुको आवेदन खुला, १० स्थानमा अडिसन हुँदै


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको लागि आवेदन खुला गरिएको जनाएको हो । 

प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरूले आधिकारिक वेबसाइट रजिस्ट्रेसन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सक्नेछन् ।  खल्ती एप मार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । आवेदन शुल्क ६०० तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ । 

मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । 

अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलो दिन सुनसरीको झुम्का, पर्साको बीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए । 

यस्तै दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिरहाको लहान, कैलालीको टीकापुरमा एकैसाथ हुने छ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एक साथ हुने चौधरीले जानकारी दिए । 

अडिसनबाट छनौट भएकाहरूलाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने छ । त्यसलगत्तै काठमाडौं बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस