माओवादीले संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । 

सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । 

यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताएका छन् । 

तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारीले भने तत्कालै राजीनामा माग गर्ने कुरा नसोचिएको बताएका छन् ।

माओवादीले मुख्यमन्त्री गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस