झापामा सिमलडाँगीमा आगलागी, छ घर जलेर नष्ट « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

झापामा सिमलडाँगीमा आगलागी, छ घर जलेर नष्ट


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्।

बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलिको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो।

आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ।

अब्दुल जुलास अलि, अमूल अलि, अनावर अलि, स्माइल अलि र सामेद अलिको घर जलेको प्रहरीले बताएको छ।

आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको तथा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पनि जलेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस