पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए।

पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस