मिश्र काठमाडौँ क्षेत्र नम्बर १ बाट उठ्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मिश्र काठमाडौँ क्षेत्र नम्बर १ बाट उठ्ने


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् ।

मिश्र निकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुङ्गो भने लागेको छैन ।

मिश्र निकट एक नेताले भने, ‘मिश्रजी काठमाडौँ क्षेत्र नम्बर १ बाटै उठ्नुहुन्छ । पार्टीबाट वा स्वतन्त्र रूपमा उठ्ने टुङ्गो लागेको छैन ।’

मिश्र यसअघि २०७४ सालको चुनावमा पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै उठेका थिए । त्यति बेला उनी नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए ।

सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

यस पटक काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझाका पूर्व नेता पुकार बमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बमले आगामी चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतसँग तालमेल हुन सक्ने बताएका छन् ।

मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस