दिलनाथ गिरीसहित चार जना नेताले छाडे राप्रपा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दिलनाथ गिरीसहित चार जना नेताले छाडे राप्रपा


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । राप्रपाका चार जना नेताले पार्टी छाडेका छन् ।

दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन् ।

उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् ।

आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका छन् ।

उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन् ।

हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले उनीहरूलाई स्पष्टीकरण लिएको थियो ।

गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। पार्टी हित विपरीत गतिविधि गरेको आरोप राप्रपाको थियो ।

दिलनाथसहितले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस