पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण, १,९८२ जना सक्रिय सङ्क्रमित « प्रशासन
Logo २० आश्विन २०७९, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण, १,९८२ जना सक्रिय सङ्क्रमित


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आइसियुमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस