संसदीय छानबिन समितिले आज सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दै  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसदीय छानबिन समितिले आज सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दै 


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो ।

शर्माले उक्त समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस