आजबाट काठमाडौँमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै  « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

आजबाट काठमाडौँमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै 


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । आजबाट काठमाडौँमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । 

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । 

आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस