२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिम समयमा दोहोरो अङ्कले वृद्धि भएर बन्द भएको हो ।

सोमबार नेप्से १८.०३ अङ्क (०.९० प्रतिशत) ले बढेर २०२९.४३ अङ्कमा बन्द भएको छ । सामूहिक लगानी कोष र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । व्यापार उपसूचक सबैभन्दा धेरै ४.९३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम भने बढ्न सकेन । आइतबार १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको बजारमा सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३५ लाखको कारोबार भएको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाखको कारोबार भएको छ ।

सोमबार धेरै मूल्य बढ्नेमा बरुण हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सवार्धिक ५.९० प्रतिशतले गिरावट हुँदा कुमारी इक्युटी फण्डको इकाइमूल्य ५.७६ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा स्वाबलम्बन लघुवित्तको सेयर मूल्य २.९१ प्रतिशतले घटेको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २७ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ९ सूचीकृत कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।