२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ समूह गठनको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गर्न विज्ञ समूह गठनको तयारी गरेको छ ।

आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले विज्ञ समूह गठन गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा उनले सर्वोच्च अदालतको आदेश अनुसार विज्ञ समूह गठनको तयारी भएको जानकारी दिए ।

निजगढ विमानस्थलसम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले सबैजसो क्षेत्रको विज्ञ समूह गठन गरी उक्त समूहको सुझाव अनुसार वातावरणको कम भन्दा कम क्षति हुने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आदेश दिएको थियो । महानिर्देशक अधिकारीले सरकारले विज्ञ समिति गठन गर्ने र सोही समितिको प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार वातावरणको विषयमा सम्वेदनशील रहेको बताउँदै कम क्षतिमा विमानस्थल निर्माण गर्ने बताए । उनले निजगढमा नै विमानस्थल बनाउने विषयमा भने कसैको पनि दुई मत नरहेको दावी गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले भने, ‘अदालतले दिएका आदेशका प्रक्रिया कार्यान्वयन गर्दै अगाडि बढ्छौँ, वातावरणको कम क्षतिमा काम अगाडि बढाउछौँँ, विज्ञ टोलीले अध्ययन गरेर आएको रिपोर्ट अनुसार हामी अगाडि बढ्छौँ । वातावरण संरक्षणमा सरकार संवेदनशील छ । जति रुख काटिन्छ, त्यसको भरपाइ गर्ने योजना बन्छ ।’

प्रतिक्रिया दिनुहोस