मन्त्री हेरफेरले विधेयक पास हुन सकेनन् : सभामुख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री हेरफेरले विधेयक पास हुन सकेनन् : सभामुख


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् ।

संसद्‍का गतिविधिलाई लिएर सभामुख सापकोटाले गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए ।

उनले भने, ‘यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।’

सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको पनि बताए ।

यसबीचमा मन्त्री हेरफेर हुँदा पनि विधेयक पारित हुन नसकेको सभामुख सापकोटाको भनाइ थियो । उनले भने, ‘यसबीचमा मन्त्री हेरफेरले १(२ विधेयक पास भइसक्थे तर हुन सकेन ।’ सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ–आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेको थियो । जसका कारण सदनमा सम्बन्धित मन्त्रामन्त्रालयबाट सदनमा पुगेका विधेयक अगाडि बढ्न सकेका थिएनन् ।

सभामुख सापकोटाले उपसभामुख निर्वाचित भएपछि काम गर्न थप सहज हुने बताए । उपसभामुखमा पुष्पा भुसालले आइतबार मात्रै पदभार सम्हालेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस