व्यास नगरपालिकाका वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यास नगरपालिकाका वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल


२ श्रावण २०७९, सोमबार


तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.५ का वडाध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।

वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् ।

वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए ।

उनले भने, ‘मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो बाइक छँदै छ भनेर सरकारी बाइक फिर्ता गरिदिएँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस