साफ यू-२० च्याम्पियनसिप  : नेपालको अन्तिम टोली घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साफ यू-२० च्याम्पियनसिप  : नेपालको अन्तिम टोली घोषणा


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली यू-२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू-२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।

नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलङ्कासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बङ्गलादेशसँग खेल्नेछ ।

त्यसपछि नेपालले एएफसी यू-२० एसिया कप छनोटमा कतार, बहराइन, बङ्गलादेश र भुटानसँगै राष्ट्रिय यू-२० सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

अन्तिम टोलीमा गोलकिपर ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डर अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा रहेको छान् । 

यस्तै मिडफिल्डर दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान रहेका छन् । भने फरवार्ड दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेको छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस