२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोर वर्गीकरण नगरे जरिवाना कसले तिर्नु पर्छ?

अ+ अ-

काठमाडौँ । फोहोर वर्गीकरण सम्बन्धी काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण नगरी फोहोर फालेमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने सूचना जारी गरेपछि उक्त जरिवाना कसबाट असुल गर्ने हो ? यति बेला चासोको विषय बनेको छ । जरिवाना घरबेटीबाट असुल गर्ने हो कि भाडामा बस्ने डेरावालबाट असुल गर्ने हो ? यसमा धेरैको चासो छ । 

महानगरमा अधिकांश भाडामा बस्ने छन् । कतिपय घरमा घरबेटी नै छैनन् । अझै फोहोर व्यवस्थापनको कुरा गर्ने हो भने यहाँ अधिकांशले फोहोरको गाडीमा भन्दा घरको गेटमा र चोकमा फोहोरका पोका फाल्ने गर्दछन् । यसरी फोहोर फाल्नेमा घरबेटीदेखि डेरावालसम्म छन् । 

त्यसो त महानगरपालिकाले भान्छाबाटै फोहोर वर्गीकरण गर्न धेरै एक महिना अघिदेखि नै अनुरोध गर्दै आएको छ । सोही अनुरोध अनुसार महानगरपालिकाले साउन १ गतेदेखि फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न थालेको हो । तर, घरका गेट र चोकमा अलग अलग नगरेकै फोहोरका पोका देखिन्छ । यसरी फालिएका फोहोरका पोकाको जिम्मेवारी कसले लिने र कसलाई जरिवाना गर्ने भन्ने विषय अन्योलमा छ । 

महानगरपालिकाका अधिकारी भन्छन् ‘हामीले कसको घरमा को भाडामा बस्छ र कति भाडामा बस्छन्? चिन्दैनौँ । महानगरले चिन्ने भनेको घरबेटीलाई हो । त्यसैले घरबेटीले सबै भाडामा बस्नेलाइै फोहोर वर्गीकरणबारे जानकारी र सचेत बनाउनु पर्छ ।’ उनको भनाइ अनुसार फोहोर वर्गीकरण भएन भने जरिवाना घरबेटीले तिर्नुपर्छ । तर, काठकाडौंमा घरबेटीबाट भन्दा डेरावालबाट बढी फोहोर उत्पादन हुने गरेको छ । अर्कोतर्फ रातको समयमा चोकमा फोहोर फाल्नेलाई पहिचान गरेर जरिवाना गर्न पनि चुनौती छ ।

घरबेटी हुन् वा भाडामा बस्ने जो कहिले पनि आफ्नो घरको गेटमा फोहोर थुर्पान दिन नहुने महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बताए । काठमाडौँको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि महानगरपालिकाले वर्गीकरण गरेर मात्र फोहोर व्यवस्थापन गर्न थालेको हो । महानगरपालिकाले कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधवार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रवारलाई तोकेको छ ।