चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता


१ श्रावण २०७९, आइतबार


चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबारसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२, ३०० मानिसहरूलाई असर गरेको बताइएको छ ।

बाढीका कारण बैशी टाउनसिपमा ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

त्यसैगरी अधिकारीहरूले हराएकाहरूको खोजी गर्न, सडक र सञ्चार सुविधाहरू मर्मत गर्न र अन्य उद्धार कार्यहरू सञ्चालन गर्न ४०० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलतर्फ पठाएका छन् ।

बैशी टाउनसिपका ४८० जनासहित १३ सयभन्दा बढीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस