चेकमा नक्कली दस्तखत गरेर अर्काको खाताको पैसा निकालेको आरोपमा १ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चेकमा नक्कली दस्तखत गरेर अर्काको खाताको पैसा निकालेको आरोपमा १ जना पक्राउ


१ श्रावण २०७९, आइतबार


पक्राउ

काठमाडौँ । चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैङ्कबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वासुदेव अर्याल रहेका प्रहरीले जनाएको छ ।

उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैङ्कको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

अर्यालले सौरभ डङ्गोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस