हैजाका बिरामीको संख्या बढ्दै ,३१ जनामा पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हैजाका बिरामीको संख्या बढ्दै ,३१ जनामा पुष्टि


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या बढ्दै गएको छ ।

आज (आइतबार)सम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार नुवाकोटका एक युवकमा हैजा देखिएसँगै सङ्क्रमित संख्या ३१ पुगेको हो ।

‘नुवाकोटका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ । सङ्क्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।’

हैजा देखिएकामध्ये दुई जना १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन् ।

त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसै गरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् ।

पहिलो पटक काठमाडौँको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको संख्या बढ्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस