उपसभामुख पुष्पा भुसालद्वारा पदभार ग्रहण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपसभामुख पुष्पा भुसालद्वारा पदभार ग्रहण


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गर्दै भुसालले आफूले काम /कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् ।

भुसालले आज आइतबार राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

उनी गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस