मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयभित्र मागबमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म आवेदन दिने समय थप हुनेछ । तर, पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा त्यसमा पनि आवेदन दिने समय साउन १२ गतेसम्म मात्र रहने देखिन्छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस ९आईएस० रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस