२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमानदार भएर अग्रसर भयो भने आजको आवश्यकता वाम एकता नै हो : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् । त्यसका लागि सबै इमानदार भएर अग्रसर हुनुपर्ने उनको जोड छ ।

आज सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर आत्म-आलोचक भावसहित इमानदार अग्रसरता देखाउनु पर्छ ।’

बेलैमा बुद्धि नपुर्‍याए पछुतो मात्र बाँकी रहला भन्दै उनले सचेतसमेत गराएका छन् । उनले लेखेका छन्, ‘बेलैमा बुद्धि पुर्‍याऔँ, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौँ ।’

हिजो राजधानीमा आयोजित एक कार्यक्रममा पनि उनले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकतामा जोड दिएका थिए । सोही कार्यक्रममा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र वामपन्थी भएको खालको धारणा राखेका थिए । ओलीको उक्त अभिव्यक्तिको पनि श्रेष्ठले आलोचना गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ क. ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधि सभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक सङ्केत होइन । यसले अहम् त पुष्टि गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्‍याउने छैन ।’