गभर्नरको राजीनामा माग्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा, केही घाइते  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गभर्नरको राजीनामा माग्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा, केही घाइते 


१ श्रावण २०७९, आइतबार


काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

उनीहरूले राष्ट्र बैङ्कलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैङ्क वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस