गुल्मीको रेसुङ्गामा  सुरु भयो साउने मेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुल्मीको रेसुङ्गामा  सुरु भयो साउने मेला


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा एक महिने मेला सुरु भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो ।

रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रुपन्देही, दाङलगायतका नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन् ।

पोखरीमा नुहाउन तथा पूजा गर्नेहरूको साउनभर भिड लाग्ने गर्दछ । आज पहिलो दिन भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । साउन १ गते, औँसी र एकादशीका दिन यहाँ विशेष चहलपहल हुन्छ ।

रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ छिमेकी देश भारतबाट पनि श्रद्धालुहरू साउने मेलामा सहभागी हुन रेसुङ्गा आउने गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस